एकाबिहानै त्रिशूली नदीमा ट्याक्सी खस्यो , ५ जनाको मृत्यु थप विवरण आउन बाँकी - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एकाबिहानै त्रिशूली नदीमा ट्याक्सी खस्यो , ५ जनाको मृत्यु थप विवरण आउन बाँकी - Gandaki Express


चैत १७ गते । पृथ्वी राजमार्गको  ईच्छाकामना गाउँपालिका ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडाैँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब  सय मिटर तल त्रिशूली नदीमा खसेको  छ । मुग्लिङ प्रहरीका अनुसार त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका ७ की ४१ वर्षीया  हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् ।

प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको जनाएको छ । ट्याक्सीमा कति  जना सवार थिए भन्ने नखुलेको जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :