चैत २ गते । सप्तरीको राजविराजस्थित कारागारमा १० महिनामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कारागारमा एक युवकले झुण्डिएर आत्महत्या गरेको कारागार प्रशासनले जनाएको छ ।
बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डलले शौचालयमा गम्छाको पासो बनाई झुण्डिएर आत्महत्या गरेको थियो ।
मण्डलले एक बालिकालाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको आरोपमा ११ भदौदेखि पुर्पक्षका लागि कारागारमा बन्दी जिवन बिताइरहेका थिए ।