चिताको आगोबाट जलेर दुई मलामी घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

चिताको आगोबाट जलेर दुई मलामी घाइते - Gandaki Express


फाल्गुन २६ गते, तनहुँ । चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते भएका छन् । चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा  तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ दराइटारमा शुक्रवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

चितामा लगाएको  आगोको लप्काले  जलेर देवघाट गाउँपालिका–२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएका हुन्  ।

घाइते दुवै मलामीको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको  छ ।

तनहुँको देवघाटका ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भएको र उक्त समयमा  दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा परम्परा अनुसार  कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो लगाउने क्रममा उनीहरूलाई आगोको लप्काले भेटेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :