एकाबिहानै पोखराबाट छुटेको बस तनहुँमा दुर्घटना , छ जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एकाबिहानै पोखराबाट छुटेको बस तनहुँमा दुर्घटना , छ जना घाइते - Gandaki Express


चैत्र १० गते । तनहुँको  म्याग्दे गाउँपालिका–६ शेराटारमा  पर्यटक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
 
पृथ्वी राजमार्गमा पर्ने तनहुँको म्याग्देमा शनिवार बिहान ६:२५ बजे पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते भएका हुन् ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नं. को पर्यटक बस सडकको दायाँ साइडमा पल्टिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ  ।  प्रहरीका अनुसार बसमा  २६ जना सवार थिए  ।


घाइते हुनेहरूमा ५० बर्यीय सुन लि, ५७ बर्यीया हुक्सिया लि, ६२ बर्यीय वाङ वि डोङ, ६७ बर्यीय कियो मेङ, ६८ बर्यीय छुचेङ र ७० बर्यीय लियो या छिङ रहेका छन्  । 

घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेल चौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 

चालकलाई नियन्त्रणमा लिइएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ  ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :