चैत १० गते । शनिवार स्याङ्जा भएको जिप दुर्घटनामा ९ जना घाइते भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ११ मा भएको जिप दुर्घटनामा चालकसहित नौ जना घाइते भएका हुन् ।
वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नम्बरको बोलेरो सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
घाइते ४ जनाको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्य ५ जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।