शुक्रबार एकाबिहानै ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

शुक्रबार एकाबिहानै ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो - Express


 झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।


दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको बताउनुभयो ।


दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :