वैशाख ७, स्याङ्जा । स्याङ्जामा अवैध लागू औषध सहित २ जना पक्राउ परेका छन् ।
प्रहरीले जिल्ला स्याङ्जा भिरकोट नगरपालिका वडा नं.-०३ बस्ने ३२ वर्षीय अनिल क्षेत्री र सोही स्थान बस्ने २२ वर्षीय शिव दर्जीलाई पक्राउ गरेको हो ।
स्याङ्जा पुतली बजार नगरपालिका वडा नं.- ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट नुर्फिन १४ एम्पुल ,फेनरागन १२ एम्पुल ,डाईजेपाम १३ एम्पुल गरी जम्मा ३९ एम्पुल लागु औषध समेत बरामद गरेको छ ।
स्याङ्जा जिल्ला अदालतबाट दिन १० को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।