म्याजिक भ्यानको टायर पन्चर भएर ट्रकसँग ठोक्किँदा १७ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नं.२९ को चौध किलो भन्ने स्थानमा बिहीबार बिहान करिब पौने १० बजे भएको दुर्घटनामा १७ जना घाइते भएका हुन् ।
मुग्लिङबाट नारायणगढतर्फ आइरहेको ना १ ज ४९५७ नम्बरको म्याजिक भ्यान विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकसँग ठोक्किँदा म्याजिक भ्यानमा सवार यात्रु घाइते भएका हुन् ।
१७ जनामध्ये ११ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा र ६ जनाको कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्रक चालक मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नं.३ बस्ने वर्ष २४ का सन्तवीर बमजनलाई नियन्त्रण लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।