काम सकेर घर फर्कँदै गरेको अवस्थामा खानेपानीका चौकीदारको भिरबाट लडेर ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

काम सकेर घर फर्कँदै गरेको अवस्थामा खानेपानीका चौकीदारको भिरबाट लडेर ज्यान गयो - Gandaki Express


रुकुमपश्चिमको आठविसकोटमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । आठविसकोट नगरपालिका वडा ५ थापागाउँका ४१ बर्षीय सर्जन थापाको भिरबाट लडेर मृत्यु भएको हो । 


जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार शुक्रबार बेलुका स्थानीय झिम्री खोलामा पानी बनाएर फर्कने क्रममा भिरबाट लडेर थापाको मृत्यु भएको हो । थापा खानेपानीको चौकीदार पदमा कार्यरत हुनुहुन्थ्यो । 


घटनाबारे शनिबार बिहान मात्र प्रहरीसमक्ष सूचना प्राप्त भएको थियो । डिएसपी पोखरेलका अनुसार स्थानीयले टेलिफोनमार्फत प्रहरीचौकी गोतामकोटमा दिएको सूचनालगत्तै चौकी र ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल खटेको  थियो । 


प्रहरी टोलीले आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवको पोष्टमार्टमका लागि नगर अस्पताल दल्लीमा पठाइएको प्रहरीले जनाएको छ ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :