एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित - Express Gandaki

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित - Express Gandaki


अलराउन्डर दीपेन्द्रसिंह ऐरी चम्किएपछि एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले कतारमाथि सानदार जित निकालेको छ । 


ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा शनिबार भएको समूहको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ । 


जितका लागि दुई सय ११ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो । कतारका लागि मुहमद तानवीरले ६३ रन बनाउनुभयो । उहाँले ३३ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । 


मोहमद अहनाफले २३,  हिमान्सु् राठोडले अविजित २२, अदनान मिर्जाले १९ र ओपनर कमरन खानले १८ रन बनाउनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :