मकै बारीमा एक युवामाथि छुरा प्रहार गरेर तीन जना फरार भएका छन् ।
दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी तीन जना फरार भएका हुन् ।
राईको शनिवार राति सवा ८ बजे मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार छुरा प्रहार गर्नेहरूको पुरा विवरण प्राप्त नभइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।