स्याङ्जा - लागू औषध गाँजा सेवन गरी सवारी चलाउने ६ जना पक्राउ परेका छन् ।
स्याङ्जामा सडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित , मर्यादित र भरपर्दो बनाउने उद्देश्यले सञ्चालन भएको चेकिङमा ६ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय समेतको संयुक्त चेकिङ टोलीले जिल्ला स्याङ्जा पुतली बजार नगरपालिका वडा नम्बर ०१ बसपार्क स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चालकहरूको हेन्सो टेस्ट किटद्वारा लागु औषध सेवन गरे नगरेको चेकजाँच गरिएको थियो ।
पक्राउ पर्नेहरूमा जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नम्बर ११ रुपन्देही बस्ने वर्ष ४७ का पदम बहादुर डिसुवा , स्याङ्जा वालिङ नगरपालिका ११ पेखु बस्ने वर्ष ३६ का साजन थापा , कास्की पोखरा महानगरपालिका वडा नम्बर २९ बस्ने वर्ष २६ का विशाल गुरुङ , पोखरा -१९ बस्ने वर्ष ४८ का होम बहादुर खत्री , स्याङ्जा पुतली बजार नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २६ का अजय नेपाली , स्याङ्जा फेदिखोला गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ३७ का अमृत मिजार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पक्राउ पर्नेहरू माथि सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा” मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।