वन्यजन्तुको सिकार गर्ने एक जना अवैध हतियार, मृगको छाला र मासु सहित पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

वन्यजन्तुको सिकार गर्ने एक जना अवैध हतियार, मृगको छाला र मासु सहित पक्राउ - Gandaki Express


पोखरा -  कास्की पोखरा महानगरपालिका वडा नं.२० भलामखोर स्थित अवैध रूपमा वन्यजन्तुको सिकार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । 
पोखरा महानगरपालिका  वडा नं.२० भलामखोर बस्ने वर्ष ४२ को दीपेन्द्र के.सी को घरभित्र लुकाई छिपाई राखेको   अवैध हतियार, मृगको छाला र मासु सहित पक्राउ पक्राउ गरेको हो ।

अवैध रूपमा वन्यजन्तुको सिकार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले के सी लाई पक्राउ गरेको हो  ।

घरभित्र लुकाई छिपाई राखेको अवैध हतियार २ नाले  बन्दुक १ थान, उक्त हतियारमा लाग्ने खोका खाली (टोटा) १३ थान, भरी खोका १ थान, बारुद जस्तो देखिने कालो पदार्थ २० ग्राम, छर्रा बनाउन प्रयोग गरिने मेटल जस्तो पदार्थ ७७६ ग्राम, बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने पहेँलो रङ्गको धुलो पदार्थ -३६० ग्राम, बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने सेतो रङ्गको धुलो पदार्थ -३४५ ग्राम, मृगको जस्तो देखिने छाला १ थान, आलो मासु खुट्टा र पुच्छर सहितको ८०० ग्राम र ३ थान टर्च लाइट सहित नियन्त्रणमा लिएको हो   । 

 सम्मानित कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको र निजलाई अवैध वन्यजन्तुको चोरी सिकारी गरेको कसुरमा जिल्ला वन कार्यालयमा थप अनुसन्धानको लागि उक्त मासु र छाला सहित  पठाएको प्रहरीले जनाएको छ  । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :