पोखरा स्थित सेतीमा हराइरहेका पुरुष मृत भेटिएका छन् ।
गएको वैशाख १ गतेदेखि बेपत्ता भएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ वर्षका जगत् पुन मृत अवस्थामा भेटिएका हुन् ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पुनको शव नदीको डेढ सय मिटरको गहिराइमा अड्किएको अवस्थामा फेला पारेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।