पोखरा- स्वीकृत नलिई अवैध रूपमा माटो ओसारपसार गर्ने ४ वटा टिपरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ०७ राष्ट्र बैक चोक स्थित पामेबाट राष्ट्र बैक चोक तर्फ माटो लिई आउँदै गरेका ४ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका टिपरले आवश्यक कागज तथा स्वीकृत नलिई अवैध रूपमा माटो ओसार पसार गरेको पाइएको प्रहरीले जनाएको छ ।
यति बेला ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नम्बर प्लेटका टिपरलाई कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ ।