चैत ३० गते । ओखलढुङ्गा कोखिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षिय एक पुरुषको ज्यान गएको छ ।
विहिबार साँझ वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा ४ लोसाका बमन बहादुर तामाङको ज्यान गएको हो ।
तामाङ घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर ढलि बेहास भएका थिए । तामाङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गााका सूचना अधिकारी बालिष्टार सिंहले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।