पोखरा, चैत्र ३० गते । पोखरा महानगरपालिका वडा नम्बर १५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय मावि र राम बजारमा अवस्थित अलकापुर बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
२०८० सालको अन्तिम दिन चैत्र ३० को दिन मेरिगोल्डको सभा हलमा सहकारीको आयोजना र मेरिगोल्डको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका संस्थापक निर्देशक एवम् अलकापुर साकोसका सल्लाहकार मोतीराम गुरुङ र साकोसका अध्यक्ष शिव बहादुर भण्डारी को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न सङ्घ संस्थाका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
विद्यालय प्राचार्य शर्मिला गुरुङले स्वागत गरेको उक्त कार्यक्रममा साकोसका संस्थापक अध्यक्ष खेम नारायण पौडेल , विद्यालयका व्यवस्थापक निर्देशक एवम् फिजिकल मेडिसिन रिह्याबिलेसन विशेषज्ञ डाक्टर जस बहादुर गुरुङ, हरियो खर्क अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर अरुणकुमार बुढा , साकोसका सल्लाहकार सदस्य कुसुम केशव पराजुली , घनश्याम भण्डारी , गुरुदत्त कोइराला, कानुनी सल्लाहकार एवम् अधिवक्ता गीता आचार्य , वडा नम्बर १५ का जनप्रतिनिधि बालाराम पौडेल , विद्यालयका होटेल व्यवस्थापन संयोजक विकास गुरुङ, साकोसका सचिव उमाकान्त पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै संस्थाका अध्यक्ष शिव बहादुर भण्डारीले सबैमा सकारात्मक सोच सँगै समृद्धिको कामना व्यक्त गर्नुभयो ।
डिआर काफ्ले ले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै सभाध्यक्ष विद्यालय संस्थापक निर्देशक एवम् साकोसका सल्लाहकार सदस्य मोतीराम गुरुङले नयाँ वर्ष सँगै सबैमा स्वास्थ्य र दीर्घायुको कामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नागबेली टोल,ज्येष्ठ नागरिक समाज , अलकापुर आमा समूह लगायतको उपस्थिति रहेको थियो ।