शितगङ्गा नगरपालिकाको वडा नम्बर १२ रजियामा बस्ने राजन भुसालको हत्या गरेको आरोपमा आफ्नै दाजु जनकराज भुसाललाई प्रहरीले प्रकाउ गरेको हो। विदेश बस्दै आएका जनकराज १ महिना अगाडि मात्र घर आएका थिए।
विशेष अनुसन्धान पछि ठाडादहबाट (शुक्रबार) आज प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषि राम घर्तीले जानकारी दिनुभयो।
थप अनुसन्धानको लागि ७ दिन म्याद थपिएको घर्तीले बताउनु भएको छ। ९ वर्ष अगाडि हत्या गरेर भुसाल फरार रहेका थिए।
जनकराजले हत्या आफूले गरेको स्वीकार गरेको प्रहरी प्रमुख घर्तीले जानकारी दिनुभयो। थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ।

