भाइको हत्या गरेको अभियोगमा आफनै दाजु पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

भाइको हत्या गरेको अभियोगमा आफनै दाजु पक्राउ - Gandaki Express


 चैत ३० गते। भाइको हत्या गरेको अभियोगमा आफनै दाजुलाई प्रहरीले प्रकाउ गरेको छ। 


शितगङ्गा नगरपालिकाको वडा नम्बर १२ रजियामा बस्ने राजन भुसालको हत्या गरेको आरोपमा आफ्नै दाजु जनकराज भुसाललाई प्रहरीले प्रकाउ गरेको हो। विदेश बस्दै आएका जनकराज १ महिना अगाडि मात्र घर आएका थिए।


विशेष अनुसन्धान पछि ठाडादहबाट (शुक्रबार) आज प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषि राम घर्तीले जानकारी दिनुभयो। 


थप अनुसन्धानको लागि ७ दिन म्याद थपिएको घर्तीले बताउनु भएको छ। ९ वर्ष अगाडि हत्या गरेर भुसाल फरार रहेका थिए। 


 जनकराजले हत्या आफूले गरेको स्वीकार गरेको प्रहरी प्रमुख घर्तीले जानकारी दिनुभयो। थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :