सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना पक्राउ - Gandaki Express


वैशाख ४ गते ।  झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी–४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले  पक्राउ गरेको  हो ।

गिरीले बिर्तामोडको शनिश्चरे रोडमा बुद्धशान्ति २ की ४५ वर्षीया सविता सिटौलालाई ६० हजार रुपियाँमा काँचो सुन दिन्छु भनी सिटौलाबाट ललाइफकाई ६० हजार रुपियाँ लिएका थिए । 

बिस्कुटजस्तो आकार देखिने नक्कली सुन (टिल) दिई ठगेको भन्दै सिटौलाले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराउनासाथ प्रहरीले गिरीलाई शनिश्चरे रोडबाट सोमबार पक्राउ गरेको हो । 

गिरीलाई आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :