जग्गा बिक्री गरेको रकम बोकेर घरतर्फ फर्कँदै गर्दा गोली प्रहार गरी त्रसित बनाएर लुटपाट - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

जग्गा बिक्री गरेको रकम बोकेर घरतर्फ फर्कँदै गर्दा गोली प्रहार गरी त्रसित बनाएर लुटपाट - Gandaki Express



चैत्र २२, सुनसरीमा बुधवार दिउँसो गोली प्रहार गरेर त्रसित बनाउँदै एक व्यक्तिमाथि लुटपाट गरिएको खबर छ । 


हरिनगरा गाउँपालिका-२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रुपैयाँ नगद दिउँसो २:१५ बजेतिर लुटिएको प्रहरीले जनाएको छ।


कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार अन्सारीमाथि इनरुवा नगरपालिका-९ र हरिनगरा-३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट भएको प्रारम्भिक जानकारी आएको छ ।


अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै थिए। गोली पड्किएको जस्तो आवाज सुनेपछि बाटैमा मोटरसाइकल रोकेको बेला पारी अर्को मोटरसाइकलमा आएका ३ जना व्यक्तिले  साथमा भएको पैसाको झोला लुटेर फरार बनेको प्रहरीले जनाएको छ । 


प्रहरीले  ठाउँ ठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको जनाएको  छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :