दुर्घटनामा सर्लाही ईश्वरपुर–५ का ३५ वर्षीय मोटरसाइकल चालक मनोज चौधरी र पछाडि बस्नु भएकी उहाँकी २४ वर्षीया श्रीमती शिवानी चौधरीको मृत्यु भएको हो ।
बर्दिबासस्थित इलाका प्रहरीका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार गम्भीर अवस्थाका दुवै दम्पतीलाई उद्धार गरी बर्दिबासस्थित जनसेवा अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सिन्धुलीबाट सर्लाहीतर्फ जाँदै गर्दा उहाँहरू चढेको प्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल आफै असन्तुलित हुँदा दुर्घटना भएको बर्दिबास प्रहरीले जनाएको छ ।

