मोटरसाइकल असन्तुलित भएर दुर्घटना हुँदा घाइते भएका दम्पतीको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मोटरसाइकल असन्तुलित भएर दुर्घटना हुँदा घाइते भएका दम्पतीको ज्यान गयो - Gandaki Express


वैशाख १०, बिपी राजमार्गको बर्दिबास–३ स्थित कालापानीको जङ्गल क्षेत्र पर्ने कारेभोगटे पुलनजिक सोमबार अपराह्न मोटरसाइकल दुर्घटना परी श्रीमान् श्रीमतीको मृत्यु भएको छ । 


दुर्घटनामा सर्लाही ईश्वरपुर–५ का ३५ वर्षीय मोटरसाइकल चालक मनोज चौधरी र पछाडि बस्नु भएकी उहाँकी २४ वर्षीया श्रीमती शिवानी चौधरीको मृत्यु भएको हो ।


बर्दिबासस्थित इलाका प्रहरीका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार गम्भीर अवस्थाका दुवै दम्पतीलाई उद्धार गरी बर्दिबासस्थित जनसेवा अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सिन्धुलीबाट सर्लाहीतर्फ जाँदै गर्दा उहाँहरू चढेको  प्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल आफै असन्तुलित हुँदा दुर्घटना भएको बर्दिबास प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :