सोमबार दिउँसो जनकपुरधाममा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको खबर छ ।
धारिलो हतियार प्रहारबाट घाइते भएका महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय प्रिन्सकुमार महासेठको ज्यान गएको हो ।
छुरा प्रहारबाट घाइते भएका महासेठलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषण गरेका थिए ।
जनकपुरधाम उपमहानगरपालिका–४विश्वकर्मा चौक नजिक बस्ने महासेठमाथि मध्याह्न १२ बजेतिर छुरा प्रहार भएको थियो ।
हत्या गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।