काठमाडौँबाट चितवन जाँदै गरेको बिएसी २७३५ नम्बरको गाडी दुर्घटनामा परेको छ ।
पूर्व मन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी धादिङको कृष्ण भिरमा दुर्घटना भएको हो ।
गाडी एक्कसी भित्तामा ठोक्किएपछि दुर्घटनामा खानसहित गाडीमा सवार चारै जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
अहिले घाइतेहरूको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइतेहरूको हात र टाउकोमा चोट लागेको छ ।