जिप दुर्घटना हुँदा चार जना घाइते, चालक प्रहरीको नियन्त्रणमा - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

जिप दुर्घटना हुँदा चार जना घाइते, चालक प्रहरीको नियन्त्रणमा - Gandaki Express


चैत २३ गते । पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको तानसेन १४, अर्गली नजिकै ना १ ज ७९५३ नम्बरको जिप शुक्रबार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।  


दुर्घटनामा परी गुल्मी मुसिकोट –१ का ६७ वर्षकी ईश्वरा घिमिरे, सोही स्थानकी ८ वर्षकी सुप्रिया घिमिरे, पाल्पा रिव्दीकोट –६ की २४ वर्षकी रेखा रोका र बाग्लुङ् बडिगाड –५ बस्ने नौँ वर्षकी अतिस पाइजा घाइते भएका छन् । 


घाइतेहरुलाई रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्लाका प्रहरी कार्यालय पाल्पाले जनाएको छ  । 


प्रहरीका अनुसार गाडी चालक प्रहरी नियन्त्रणमा छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :