बाग्लुङबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ९२९७ नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दीमा दुर्घटना भएको छ ।
बस अनियन्त्रित भई डिभाईडरमा ठोक्किइ सडकको बाँया साईडमा पल्टिन जाँदा बसमा सवार चालक र सह-चालक सहित ३६ जना मध्ये १९ जाना घाईते भएका हुन् । घाइते मध्ये १६ जनालाई गण्डकी मेडिकल कलेजमा र ३ जनालाई पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।
तनहुँबाट बाग्लुङ मन्दिर दर्शन गरेर फर्केका दर्शानार्थी चढेको बस दुर्घटनामा परेको हो ।
बस घटनस्थलमा रहेको बाटो अबरोध नभएको र सवारी साधन घटनास्थलबाट निकाल्ने प्रयास भै-रहेको छ ।
चालक जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा. वडा नं. ६ बस्ने बर्ष ४५ का चन्द्र बहादुर गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।
घाईतेहरुको विवरण :
१.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने बर्ष ३९ की कमला सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
२.ऐ.ऐ.बस्ने बर्ष ५० कि.ईन्द्र कला भुजेल खुट्टामा चोट रहेको उपचार भई रहेको ।
३.ऐ.ऐ.बस्ने बर्ष ७७ कि.रुपा देबी सिग्देल छातीमा चोट रहेको उपचार भई रहेको ।
४.ऐ.ऐ.बस्ने बर्ष २५ कि.प्रमिला सिग्देल टाउकोमा चोट रहेको उपचार भई रहेको ।
५.ऐ.ऐ.बस्ने बर्ष ४७ कि.सिता सिग्देल टाउको र दायाँ कुममा चोट रहेको उपचार भई रहेको ।
६.ऐ.ऐ.बस्ने बर्ष ६३ को लोकनाथ सिग्देल दायाँ हात र खुट्टामा चोट रहेको उपचार भई रहेको ।
७.ऐ.ऐ.बस्ने बर्ष ५८ को सिता सिग्देल टाउको र ढाडमा चोट रहेको उपचार भई रहेको ।
८.ऐ.ऐ.बस्ने बर्ष ५८ को खेमनारायण सिग्देल बायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
९.ऐ.ऐ.बस्ने बर्ष २२ की स्वस्तिका सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१०.ऐ.ऐ.बस्ने बर्ष ४८ की शान्ति सिग्देल घाँटी र हाडमा चोट रहेको उपचार भई रहेको ।
११.ऐ.ऐ.बस्ने बर्ष ३० को सागर परियार घाँटी र ढाडमा चोट रहेको उपचार भई रहेको ।
१२.ऐ.ऐ.बस्ने बर्ष ६० को पुर्णचन्द्र सिग्देल पेट र दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१३.ऐ.ऐ.बस्ने बर्ष ६१ को राम प्रसाद सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१४.ऐ।ए.बस्ने बर्ष ५८ की शारदा सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१५.ऐ.ऐ.बस्ने बर्ष ५७ को अग्नि प्रसाद सिग्देल दायाँ हातमा र कम्मरमा चोट रहेको उपचार भई रहेको ।
१६.ऐ.ऐ.बस्ने बर्ष ४७ की लक्ष्मी सिग्देल टाउको र ढाडमा चोट रहेको उपचार भई रहेको ।
१७.ऐ.ऐ.बस्ने वर्ष ५० की विष्णु सिग्देल घाँटी र दायाँ खुट्टामा चोट रहेको उपचार भई रहेको ।
१८.ऐ.ऐ.बस्ने वर्ष १८ की अनिषा गौतम ढाडमा चोट रहेको उपचार भई रहेको ।
१९.ऐ.ऐ.बस्ने वर्ष ४३ की विष्णु गौतम बायाँ हात, छाती र खुट्टामा चोट रहेको उपचार भई रहेको ।