केरा बिक्रीको लागि हिँडेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एक जनाको ज्यान गयो - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

केरा बिक्रीको लागि हिँडेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एक जनाको ज्यान गयो - Gandaki express


 पाल्पाको तिनाउ गाउँपालिका-२ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दोभान कचल सडक खण्डमा शनिवार भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जग बहादुर बलालको मृत्यु भएको हो ।


मोटरसाईकलमा केरा लिएर बिक्रिको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिनुभयो ।


मृतक ४५ वर्षीय बलालको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :