आगो नियन्त्रणको क्रममा घाइते दुई सैनिकको ज्यान गयो , एकको उपचार हुँदै - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

आगो नियन्त्रणको क्रममा घाइते दुई सैनिकको ज्यान गयो , एकको उपचार हुँदै - Gandaki Express


आगो नियन्त्रणको क्रममा घाइते दुई सैनिकको कीर्तिपुरस्थित बर्न अस्पतालमा मंगलबार ज्यान गएको छ । 

चैत २५ गते डोल्पाको ठुलीभेरी नगरपालिका-४ चिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा खटिएर गम्भीर घाइते भएका सैनिक जवानको उपचारको क्रममा मंगलबार मृत्यु भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो । 


चैत २५ गते आगो नियन्त्रणका लागि सदरमुकाम सुरक्षा गुल्मबाट गएका चार जना सैनिक घाइते भएका थिए । घाइतेमध्ये एक सैनिकको डोल्पा जिल्ला अस्पतालमा निधन भएको थियो। 


गम्भीर घाइते बाँकी तीन सैनिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो । आइसियुमा उपचार गराइरहेका तीन जनामध्ये दुई जनाको मंगलबार मृत्यु भएको सैनिक सूचना निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।


गम्भीर घाइते एक जनाको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :