चैत २८ गते । स्याङ्जामा तीन दिनदेखि जङ्गलमा लागेको आगो मङ्गलवार साँझ गाउँमा पस्दा घर जलेर नष्ट भएको छ ।
वालिङ नगरपालिका–१२ ढिक डाँडामा आगोलागिका कारण चार गोठ र एक घर जलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
वालिङ नगरपालिकाको वडा नम्बर १२ र १४ को सिमाना जङ्गलमा लागेको आगोले वडा नम्बर १२ को घर गोठमा क्षति भएको प्रहरीले जनाएको छ । दमकल जाने सहज बाटो नहुँदा र पानीको अभावले आगो निभाउन सहज नभएको त्यहाँका स्थानीयले बताए ।
स्थानीय गोविन्दप्रसाद लुइँटेल र तुमाखर लुइँटेलको घर र गोठ जलेर नष्ट भएको छ भने नारायण लुइँटेल, मुक्तिप्रसाद लुइँटेल र तारा लुइँटेलको गोठ जलेर नष्ट भएको स्थानीयले जनाएको छन् ।