भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स. ९ प ६३१० नम्वरको मोटरसाइकलमा रकमसहित आईरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगदसहित दुई थान ग्लोवल आईएमई बैंकको र तीन वटा, राष्ट्रिय बाणिज्य बैंकको खालि चेक र मोवाईलसमेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लुटिएको रकम विष्णुरपुर गाउँपालिका-१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले टुलेरामध्ये मोटरईकल चलाउनेले क्रिम कलरको र पछाडी बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीलाई बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरु संकलन भईरहको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

