एउटै व्यक्तिलाई चौधवटा लघुवित्तको ऋण

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एउटै व्यक्तिलाई चौधवटा लघुवित्तको ऋण

स्रोत : गोरखापत्र 


चैत २५ गते ।  धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरकी पूजा दमाईं १४ वटा लघुवित्तको ऋणी हुनुहुन्छ । एउटा लघुवित्तको ऋण तिर्न अर्कोबाट ऋण लिने गर्दै जाँदा उहाँ १४ वटा लघुवित्तको ऋणी बन्नुभएको हो ।  


१० वर्षअघि पहिलो पटक स्वावलम्बन लघुवित्तबाट बाख्रापालन गर्न २० हजार रुपियाँ ऋण लिएको सम्झिँदै पूजाले भन्नुभयो, “त्यो ऋण भाखा अवधिभित्रै बुझाएँ । त्यसपछि सोही लघुवित्तबाट एक लाख ५० हजार रुपियाँ ऋण लिएँ । त्यो ऋण तिर्न नेरुडे लघुवित्तबाट एक लाख रुपियाँ लिएँ । यो व्रmम थपिँदै जाँदा १४ वटासम्म पुगेको हो ।” सबै लघुवित्तको 


जोड्दा २० लाख रुपियाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको उहाँको अनुमान छ । अहिले आफूसँग ऋण तिर्ने कुनै उपाय नभएको बताउँदै पूजाले ऋण तिर्न लघुवित्तका कर्मचारीले निकै दबाब दिने गरेको बताउनुभयो । लघुवित्तका कर्मचारीले किड्नी बेचेर अथवा जुनसुकै काम गरेर भए पनि ऋण तिर्न दबाब दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा लघुवित्तका कर्मचारीले किड्नी बेचेर भए पनि ऋण तिर्न दबाब दिएपछि म किड्नी नै भए पनि बेच्छु भनेर  हिँडेको छु तर बेच्न सकेकी छैन ।”


एक लाख रुपियाँ ऋण लिँदा बिमा, सेवा शुल्क र बचत शीर्षकमा १५ हजार रुपियाँ कटाउँछ । किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत साँवामा जोडेर नयाँ ऋण बनाउँछ । त्यसले गर्दा ऋणले थिचिँदै गएको पूजाको बुझाइ छ । उहाँले भन्नुभयो, “लघुवित्तको फन्दामा परेर बर्बाद भएँ । सम्पत्तिको नाममा एक कट्ठा जग्गा र त्यसमा बनेको टहरा छ । त्यो बेचेर पनि ऋण तिर्न पुग्दैन ।” लघुवित्त संस्थाका कर्मचारीले सुरुमा समूह निर्माण गर्दा हामी अरू संस्थामा आबद्ध रहेको र ऋण लिएर के गर्ने भनेर पनि केही नसोधेको पूजा बताउनुहुन्छ । लघुवित्त संस्थाका कर्मचारीले जतिसुकै संस्थाबाट पनि ऋण लिन सकिने तर किस्ता भने नियमित तिर्नुपर्ने भनेर ऋण लिन आश्वस्त पारेपछि धेरै लघुवित्तबाट ऋण लिएको उहाँको भनाइ छ । 


उहाँका अनुसार गाउँमा लघुवित्त पीडित धेरै छन् । किस्ता तिर्न लघुवित्तका कर्मचारीले तनाब दिन थालेपछि गाउँकै अनिता नाम गरेकी एक महिला परिवारसहित भागेर भारतको दिल्ली जानुभयो । कतिपय घाँस दाउरा ल्याउने बहाना बनाएर नजिकैको जङ्गलमा दिन बिताउने गरेका छन् ।


ढल्केबरका बुधेश्वर महतोले नाफा र लाभांश बढाउने लोभमा एउटा ग्राहकलाई एकभन्दा बढी लघुवित्तले ऋण दिने गरेको बताउनुभयो । ऋणीको परियोजना, क्षमता र ऋण तिर्न सक्ने अवस्था छ कि छैन केही नहेरी एकै व्यक्तिलाई ऋण दिँदा ऋणीको साथै लघुवित्त पनि समस्यामा पर्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लद्युवित्तले ऋणीको क्षमताभन्दा बढी ऋण प्रवाह गरेको छ । ग्राहकले पनि व्यवसायका लागि लिएको ऋण अन्य काममा खर्च गर्नाले ऋणले थिचिएको हो ।”


लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष समिति धनुषाका अध्यक्ष मन्दिर लामाले जिल्लामा एक हजारभन्दा बढी लघुवित्त पीडित रहेको बताउनुभयो । जिल्लाको १८ वटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरिएको बताउँदै उहाँले १७६ जनाको निवेदन जम्मा भएको जानकारी दिनुभयो । उहाँले लघुवित्त पीडितको समस्या समाधानका गर्न केही दिनअघिमा नेपाल सरकार र लद्युवित्त संस्थाविरुद्ध सङ्घर्ष समितिबिच सम्झौता भएको बताउँदै लघुवित्तको मिटर ब्याजी नीतिले ग्राहकहरू ऋणमा डुबेको बताउनुभयो । 


ऋण लिँदा बिमा शुल्क, सेवा शुल्क, बचत शीर्षक गरेर चार भागको एक भाग पैसा लघुवित्तले कटाउँछ । त्यसमा पनि किस्ता तिर्न सकिएन भने ब्याजसमेत जोडेर साँवा बनाउँछ । जसले गर्दा ग्राहक ऋणमा थिचिएको उहाँको भनाइ छ । अध्यक्ष लामाले आफू पनि लघुवित्त पीडित रहेको बताउँदै लघुवित्तकै कर्मचारीले ऋणको दुरुपयोग गर्न प्रोत्साहन गरेको बताउनुभयो । विजयकुमार साहले गोरखापत्रमा समाचार लेख्नुभएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :