लेदोले भरिएको खाडलमा डुबेर दुई बालकको मृत्यु

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

लेदोले भरिएको खाडलमा डुबेर दुई बालकको मृत्यु


धनकुटामा लेदोले भरिएको खाडलमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका –१० मार्गास्थित बिजय पोल्ट्रीफार्मले फोहोर फाल्न बनाएको खाडलमा डुबेर दुई बालकको मृत्यु भएको हो । 


मृत्यु हुनेमा धनकुटा नगरपालिका –१० बस्ने ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका –९ बस्ने १५ वर्षीय दिपेश ओझा रहेको प्रहरीले जनाएको छ । दिपेस भने एसइई दिएर विदा मनाउन मार्गा आएका थिए ।


बिहान खाना खाएर घरबाट निस्किएका उनीहरु दिउँसो मृत फेला परेका थिए । किन र कसरी उनीहरुको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । स्थानीयले भने फर्मको लापर्बाहीका कारण दुर्घटना भएकाले घटनास्थलमा बिरोध जनाएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :