लमजुङमा भएको जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ।
रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–४ घर भएका ३७ वर्षीय वीरसिंह दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
मस्र्याङ्दी गाउँपालिका-६ डहरे स्थित सुपर न्यादी जल विद्युत आयोजनाको बा १७ च १४६५ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना भएको हो ।
जिप सडकदेखि चार सय मिटर तल खोचमा खसेको छ । चालकलाई प्रहरीले डोरीको सहायताले सडकमा निकाली प्रारम्भिक अनुसन्धान पश्चात शव परीक्षणको लागि लमजुङ जिल्ला अस्पतालमा पठाएको छ।
हाइड्रोपावरको कामदार पुर्याएर फर्कने क्रममा दुर्घटना भएको हो ।