पोखरा - अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले पोखरा महानगरपालिका इन्जिनियर शिवराज बराल र सब-इन्जिनियर उषा किरण रोकायालाई पक्राउ गरेको छ ।
अख्तियारले केही दिन अगाडी सोही घटना संलग्न भएको आरोपमा गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि पक्राउ गरेको थियो ।
पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा दुई इन्जिनियर रोकाया र बराल पक्राउ परेका हुन् । रोकाया र कुँवर सेवाग्राहीबाट लिएको एक लाख ५० हजार रुपैयाँ घूससहित रङ्गे हात पक्राउ परेका थिए । उनीहरूलाई यति बेला आयोगको केन्द्रीय कार्यालय टंगाल पठाइएको छ ।
आयोगका अनुसार उनीहरूले एउटै घरको नक्सा पास गर्न पटक पटक घूस लिएको खुलेको छ ।
दुवै इन्जिनियर महानगरको घर नक्सा शाखामा कार्यरत थिए ।