बिजुलीको पोल बोकेको ट्याक्टरले च्यापेर एक जनाको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बिजुलीको पोल बोकेको ट्याक्टरले च्यापेर एक जनाको ज्यान गयो - Gandaki Express


 मकवानपुरको कैलाश गाउँपालिका –१० मा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका –१० पुरानो गाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


कैलाशको भाल्टारबाट भित्री सडकखण्ड हुँदै पुरानो गाउँतर्फ बिजुलीको पोल लिएर जाँदैगरेको बागमती प्रदेश ०३–००१ त ०४१९ नम्बरको ट्याक्टरको पछाडी ट्रेलरमा सवार वाइबा खस्दा उहाँलाई ट्याक्टरको पछाडीको चक्काले किचेको थियो ।


बुधबार राति १ बजेको समयमा ट्याक्टरबाट खसेका वाइबालाई ट्याक्टरले च्याप्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 


कैलाश ९ मा रहेको अस्थायी प्रहरी पोष्टबाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारी कानुनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता भण्डारीले बताउनुभयो । ट्याक्टरका चालक भीमफेदी गाउँपालिका –९ बागमाराका ३३ वर्षीय वीरमान स्याङ्तानलाई नियन्त्रणमा लिएको र मृतक वाइबाको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :