मोटरसाइकल अनियन्त्रित भइ सडकबाट तल खस्दा १ को ज्यान गयो , १ घाइते

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मोटरसाइकल अनियन्त्रित भइ सडकबाट तल खस्दा १ को ज्यान गयो , १ घाइते

 

गुल्मीमा गएराति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।


दुर्घटनामा गुल्मीदरबार-४ भट्टेचौरका ३१ वर्षका यमबहादुर सुर्यवंशी घाइते भएका छन् । गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु३५ प ५४८४ नं.को मोटरसाइकल आँफै अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पोखरेलले बताउनुभयो । अर्का घाइते सुर्यवंशीको पाल्पामा उपचार भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :