पृथ्वी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गयो पछाडि बस्ने घाइते - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पृथ्वी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गयो पछाडि बस्ने घाइते - Gandaki express


पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा-आँबुखैरेनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।


गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका–११ स्थित चौधकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


दुर्घटनामा परी मोटरसाइकल चालक सिरानचोक गाउँपालिका–७ नयाँसाँघु बस्दै आउनुभएका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको उहाँले बताउनुभयो । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट झन्डै २० मिटर तल खसेको थियो ।


दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।


दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सीता गहतराजको घाइते हुनुभएको छ । उहाँको गोरखा अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :