घर पछाडि रहेको फोहोर पानी जम्मा हुने तालमा डुबेर बालकको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

घर पछाडि रहेको फोहोर पानी जम्मा हुने तालमा डुबेर बालकको ज्यान गयो - Gandaki Express


रुकुम पश्चिममा पानीको तालमा डुबेका एक बालकको मृत्यु भएको छ । 


जिल्लाको बाँफिकोट गाउँपालिका–४ छिनखेतमा फोहोर पानी जम्मा भएको तालमा डुबेका एक बालकको मृत्यु भएको हो। 


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार बुधबार छिनखेतको स्थानीयको घर पछाडि रहेको फोहोर पानी जम्मा हुने तालमा डुबेका दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका ५ का अन्दाजी ५ वर्षीय बालक हिमेश थापाको उपचारको क्रममा मृत्यु भएको हो। 


फाहोर पानीको तालम परेर गम्भीर घाइते भएका बालक थापालाई उपचारको लागि जिल्ला अस्पताल पुर्याइएको र अस्पतालले मृत घोषणा गरेको हो। बालकको शव पोष्टमार्टमपछि आफन्तले अस्पतालबाट बुझेका छन्। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :