सल्यानमा बस दुर्घटना अपडेट : १४ जना घाइते, केहीको अवस्था गम्भीर - GANDAKI EXPRESS

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सल्यानमा बस दुर्घटना अपडेट : १४ जना घाइते, केहीको अवस्था गम्भीर - GANDAKI EXPRESS


 सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोलामा दुर्घटना भएको हो ।

दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् ।

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बाँकी सामान्य घाइतेको बागचौर स्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको छ ।


उद्दारको काम सकिएकाले घाइतेहरुको विवरण संकलनको काम भइरहेको प्रहरीको भनाई छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :