चैत २३ गते । शुक्रबार दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनी बजारदेखि एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको छ ।
म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।
गाडी एक्कासी गएर सडकको भित्तामा ठोक्किएको देखिएको भए पनि दुर्घटनाको अन्य कारण खुल्न सकेको छैन ।
बसका चालक अधिकार सापकोटासहित २१ जना घाइते भएको र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।
गाडीमा बालबालिकासहित २४ जना सवार रहेको प्रहरीले जनाएको छ ।