रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गयो - gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गयो - gandaki express


 वैशाख २८ गते । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गएको छ । बिहीबार साँझ ६ बजे दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–५ लफ्याङको बुद्धेश्वरस्थित मझुवा भीरमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर ३४ वर्षीय सुचन राईको ज्यान गएको हो ।


दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा घर भएका राई हाल दिक्तेलको हाट डाँडामा बस्दै आएका थिए । करिब ४० मिटर अग्लो भीरबाट खसेर गम्भीर घाइते भएपछि जिल्ला अस्पताल लगिएका राईलाई साँझ ७.४० बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । रक क्लाइम्बिङका लागि दुई जना साथी सहित बुद्धेश्वरस्थित भीरमा पुगेका थिए । 


पर्यटन प्रवर्द्धन गर्ने भन्दै दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले गत चैत २३ गते मझुवा भीरमा रक क्लाइम्बिङको सफल परीक्षण गरेको थियो । रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक सङ्घलाई ल्याएर सोही भीरमा ६ दिन तालिम सञ्चालन गरिएको थियो । तालिम लिने सात स्थानीय र सशस्त्र प्रहरीका गरी १२ जनामध्ये मृतक राई एक जना थिए । 


घटनाबारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :