कास्कीमा जङ्गलमा डढेलो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मराम्चेको मराम्चे सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा कास्की प्रहरीले सोही स्थानका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरेको हो ।
आगलागी भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले आगो लगाउने व्यक्ति खोजतलास गरिरहेको थियो ।
आवश्यक अनुसन्धान तथा कारवाईका लागि प्रहरीले पौडेललाई डिभिजन वन कार्यालय कास्की पठाएको छ ।
पौडेलले जङ्गल नजिकै रहेको आफ्नै खर बारीमा आगो लगाएको र सोही आगो अन्यत्र फैलिएको थियो ।
प्रहरीका अनुसार यस सम्बन्धमा थप भइरहेको छ ।