उपचारको क्रममा अपरान्ह ४ बजेर ४० बजेको समयमा बिष्णुको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । ढिस्कोले पुरिएर सोही स्थानका ५४ वर्षीय हुमकला राना घाइते हुनुभएको छ । घाइते रानाको कम्मरमा चोट लागेको छ । जिल्ला अस्पताल तम्घासमा उहाँको उपचार भइरहेको छ ।
शनिबार दिउँसो छ जना घर लिप्ने माटो खन्न गएका थिए । अन्य चार जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

