पोखरामा अत्यधिक कालो धुवा फाल्ने सवारी साधनहरू नियन्त्रणमा - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा अत्यधिक कालो धुवा फाल्ने सवारी साधनहरू नियन्त्रणमा - Gandaki Express


पोखरा- कास्की प्रहरीले अत्यधिक कालो धुवा फाल्ने तथा जाँच पास फेल भएका सवारी साधनहरू नियन्त्रणमा लिएको छ  ।

पोखरा नगर भित्र सञ्चालित सार्वजनिक भाडाका सवारी साधनहरूले समयमा सर्भिसिङ नगरेको पाइएपछि उक्त सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पोखरा नगर क्षेत्रभित्र चल्ने सवारी साधनहरू चेकजाँच गर्दा सवारी जाँच पास फेल भएका ९ वटा र जाँच पास नभएका २ वटा गरी पोखरा नगर भित्र सञ्चालित ११ वटा सार्वजनिक सवारी साधनहरू जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै  यातायात व्यवस्था कार्यालय कास्की, पोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएको टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०४ बिपिचोकमा घुम्ती प्रदूषण अनुगमन एवं चेकजाँच गरिएकोमा डिजेलबाट सञ्चालित ३५ वटा सवारी साधनहरूलाई चेकजाँच गर्दा ३० वटा सवारी साधन मापदण्ड विपरीत चल्दै आइरहेको फेला परेको छ ।

नियन्त्रणमा लिइएका सवारीलाई  थप कानुनी कारबाहीको लागि यातायात व्यवस्था कार्यालय कास्कीमा पठाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :