लागू औषध मुद्दामा अदालतले सजाय सुनाएर फरार रहेका प्रतिवादी पोखराबाट पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

लागू औषध मुद्दामा अदालतले सजाय सुनाएर फरार रहेका प्रतिवादी पोखराबाट पक्राउ - Gandaki Express


पोखरा- कास्की प्रहरीले लागू औषध मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । 
अदालतको फैसलाले सजाय सुनाएपछि फरार रहेका पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाँडा बस्ने २८ वर्षीय  जस बहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले लमजुङ क्व्होलासोथार गा.पा. वडा नं. ८ स्थायी ठेगाना भएका गुरुङलाई लामो समय पछि पक्राउ गर्न सफल भएको हो ।

सम्मानित कास्की जिल्ला अदालतको मिति २०८० कात्तिक २३ गतेको फैसलाले गुरुङलाई लागू औषध सम्बन्धी मुद्दामा १ वर्ष ११ महिना १९ दिन कैद सजाय र  १,०२,००० रुपैयाँ सजाय सुनाएको थियो ।

निजलाई आवश्यक कारबाईको लागि सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराइएको  प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :