जिसी दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक , लुटपाट गरेको सुन खरिद गर्ने थप २ जना पनि नियन्त्रणमा - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

जिसी दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक , लुटपाट गरेको सुन खरिद गर्ने थप २ जना पनि नियन्त्रणमा - Gandaki Express



पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहका जिसी दम्पती हत्यामा संलग्न अभियुक्त दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।


१ महिनाको लामो अनुसन्धान पछि ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ वर्षीया गमला जिसीको हत्यामा संलग्न अभियुक्तहरु पर्वत जिल्ला जलजला गाउँपालिका–२,नेपाने बस्ने ३२ वर्षका कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुस्मा नगरपालिका–२,खुर्कोट घर भई जलजला गाउँपालिका–२,बौरमा दीपक दर्जीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । दर्जी हाल पोखरा स्थित नयाँ बजारमा डेरा गरी बस्दै आएका थिए ।अभियुक्त एक जनालाई प्रहरीले पर्वतको मल्लाजबाट र अर्का एक जनालाई पोखराबाट मङ्गलबार पक्राउ गरेको थियो । 


प्रहरी कार्यालय पर्वतका डिएसपी खुमलाल भुसालका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय, पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लाली गुराँस’ नामको अनुसन्धान अप्रेसन चलाएको थियो । जिसी दम्पतीको १९ चैत राती करिब १० बजेको समयमा हत्या भएको थियो । यसै गरी प्रहरीले हत्यामा संलग्नहरूले लुटपाट गरेको सुनलाई खरिद तथा तथा सुन गाल्नमा संलग्न भएका थप २ जनालाई पनि नियन्त्रणमा लिएको छ ।पर्वत जिल्ला जलजला गाउँपालिका–१,घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका– २५, हेम्जामा डेरा गरेर बस्ने वर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।


बागलुङ जिल्ला बागलुङ नगरपालिका–७ घर भई बागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ । हत्यामा संलग्न विक र दर्जीको चिनजान केही समयअघि भएको थियो । उनीहरू दुवै जिप चलाउने क्रममा चिनजान भएका साथीहरू हुन् । आर्थिक स्थिति कमजोर भएको, लागू औषध दुर्व्यसनी, वैदेशिक रोजगारमा समेत असफल भएकोलगायतका कारण उनीहरूले विगत एक वर्षदेखि गाउँ घरका महिला तथा वृद्धवृद्धालाई लक्षित गरेर लुटपाट गर्ने मनसाय रहेको पाइएको छ । 


चैत १८ गते उनीहरू मृतक दम्पतीको घरमा गएर रेकी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । सोही योजना बमोजिम नै राती करिब १० बजे दम्पतीको पसल भएको घरमा पुगेर चुरोट किन्ने निहुँमा लुटपाट गर्ने क्रममा लाठी, लात्ती, हँसिया प्रहार गरेर जिसी दम्पतीको हत्या गरेको डिएसपी खुमलाल भुसालले बताउनुभयो ।हत्या गरेर भाग्ने क्रममा बिहान करिब ५ बजेको समयमा मालढुङ्गाबाट बस चढेका उनीहरू पोखरा पुगेर लुटपाट भएको सुन र नगद बाँडफाँट गरेका थिए । यो हत्याकाण्ड पत्ता लगाउन करिब दुई हजारभन्दा बढी व्यक्तिसँग प्रत्यक्ष रूपमा सोधपुछ गरिएको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :