गण्डकी प्रदेशमा मात्रै सहकारीद्वारा दुई अर्ब भन्दा बढी बचत रकम हिनामिना - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गण्डकी प्रदेशमा मात्रै सहकारीद्वारा दुई अर्ब भन्दा बढी बचत रकम हिनामिना - Gandaki Express


वैशाख २६ , सातै प्रदेशमा दर्ता भएका सयौँ सहकारी सञ्चालकले कमजोर आर्थिक अवस्था रहेका हजारौँ नागरिकको बचत अपचलन गरेर फरार भएका छन् । 

गण्डकी प्रदेशमा दुई अर्ब ३८ करोड रुपियाँभन्दा बढी बचत रकम हिनामिना भएको छ । प्रदेश सहकारी रजिस्ट्रार भेषराज रिजालका अनुसार आठ सहकारीबाट बचतकर्ताको दुई अर्ब ३८ करोड ५७ लाख २० हजार ९९४ रुपियाँ अपचलन भएको हो । प्रदेशमा जिल्ला सहकारी सङ्घ, विषयगत सङ्घ र सहकारी गरी ९४१ संस्था रहेका छन् । 


उहाँका अनुसार गण्डकीमा पर्वतको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाबाट पाँच करोड ३८ लाख ३७ हजार १८०, लमजुङको कालिका बचत तथा ऋण सहकारी संस्थाबाट नौ करोड ११ लाख १५ हजार ६५०, कास्कीको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाबाट २६ करोड ८६ लाख ६४ हजार ६४६ रुपियाँ अपचलन भएको छ । 


त्यसै गरी विन्दबासिनी बचत तथा ऋण सहकारी संस्थाबाट सात करोड ६९ लाख ५९ हजार ८६४, नवलपुरको छिपछिपे उपभोक्ता सहकारी संस्थाका सञ्चालकले १६ करोड ५८ लाख ९२ हजार २६१, पर्वतको तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले २९ करोड ९८ लाख ५० हजार ८१० रुपियाँ अपचलन गरेका छन् । उहाँले पर्वतकै ग्रामीण विकास कृषि सहकारी संस्थाबाट नौ करोड एक लाख ५० हजार २६६, इमेज बचत तथा ऋण सहकारी संस्थाबाट एक अर्ब ३३ करोड ९२ लाख ५० हजार ३१४ रुपियाँ अनियमितता भएको बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :