मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो झोसेपछी - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो झोसेपछी - Gandaki express


 मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउने एक जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजदेवी नगरपालिका वडा नं. ९ ब्रहम्पुरी टोल अन्दाजी बर्ष ४५ को नितेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एलिजा गिरी जानकारी दिनुभयो ।


सिंह मादक पदार्थ सेवन गरी मंगलबार राति आफु बस्ने घरमा आगो लगाएका थिए । आगो लागेपछि घरभित्रका अन्नपात, लत्ताकपडा जलेर पूर्णरुपमा नष्ट भएको छ । अन्य समयमा पनि सिंहले मापसे गरी गाउँघरमा आगो लगाएको प्रहरीले जनाएको छ ।


आफ्नै घरमा आगो लगाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब उपरीक्षक एलिजा गिरी नेतृत्वको टोलीले सिंहलाई पक्राउ गरेको थियो । सिंहलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :