एकातिर श्रीमतीको हत्या , अर्कोतिर श्रीमान् फरार - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एकातिर श्रीमतीको हत्या , अर्कोतिर श्रीमान् फरार - Gandaki express


मोरङको सुन्दरहरैँचा–५ गोर्खाली टोलका पदम तामाङले श्रीमतीको हत्या गरेको आशङ्का गरिएको छ । बुधबार राति १ बजेतिर ४५ वर्षीया श्रीमती मनमाया तामाङको हत्या गरी पदम फरार भएका हुन् ।


यस अघि पनि श्रीमतीलाई कुटपिट गर्ने गरेकाले पदमले नै श्रीमतीको हत्या गरी फरार रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताउनुभयो ।


‘‘फरार भएकाले उनी माथि आशङ्का गरिएको छ । तर ठ्याकै श्रीमानले नै श्रीमतीको हत्या गरेको हो भन्ने एकिनभने भएको छैन,’’ प्रहरी निरीक्षक दाहालले भन्नुभयो ।


प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या पदमले नै गरेको हुनसक्ने देखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको छ । प्रहरी परिचालन गरी फरार श्रीमानको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :