पोखरामा टिपर पछाडि मोटरसाइकल ठोक्किँदा एक युवतीको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा टिपर पछाडि मोटरसाइकल ठोक्किँदा एक युवतीको ज्यान गयो - Gandaki Express


पोखरा, २१ जेठ  । पोखरामा टिपर पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ ।  पोखरा महानगरपालिका-१३ मा सोमबार बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने पोखरा–१३, काहुँखोला बस्ने १८ वर्षीय बबिता रिमालको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रिमालको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ  । 

पोखरा १३ गौडाको मुखस्थित बिपी मार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको लु८७प ९५२० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो । 

त्यस्तै मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । क्षेत्रीको दुवै खुट्टा र दायाँ हातमा चोट लागेको र  अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :