सोमबार सार्वजनिक विदा - Tanahu Update

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सोमबार सार्वजनिक विदा - Tanahu Update

 

जेठ २१ गते।  जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका पाँच वटा पालिकाले सोमबार सार्वजनिक बिदा दिएका छन्।


बिदा दिनेमा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिका रहेका छन्। 


पालिका अन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था –अत्यावश्यक बाहेक० र वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ। 


सबै समुदायहरूले जातीय विभेद हटाउने र सामाजिक सद्भाव कायम गर्ने कार्यक्रमहरू सञ्चालन गरी सामाजिक एकता सन्देश दिन पालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। 


व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, म्याग्दे गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धि सागर खनाल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठद्वारा जारी सूचनामा बिदा उल्लेख गरिएको छ।


संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बिदा दिनुपर्ने माग राखेको थियो। तनहुँका दश स्थानीय सरकार मध्य पाँच पालिकाले सार्वजनिक बिदा दिएका हुन्। 


संयुक्त दलित सङ्घर्ष समितिले तनहुँको सदरमुकाम दमौलीमा सोमबार सचेतना सभाको आयोजना गरेको छ। २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो। त्यसै दिनको सम्झनामा  हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउने गरिन्छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :